News Portal

छानबिन समितिबाट ‘क्लिन चिट’ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथ ग्रहण

फेवाखबर संवाददाता
३७ पटक

रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुनः सुधन गुरुङ फर्कने भएका छन्। सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गत वैशाख ९ गते राजीनामा दिएका सांसद गुरुङलाई छानबिन समितिले निर्दोष ठहर गरेसँगै प्रधानमन्त्री बालेन शाहले उनलाई पुनः गृहमन्त्रीमा फर्काउन लागेका हुन्।

छानबिन समितिले गत जेठ २२ गते प्रधानमन्त्री शाहसमक्ष बुझाएको प्रतिवेदनमा गुरुङको कुनै ठूलो गल्ती वा कमजोरी नरहेको औंल्याइएको छ। आजको मन्त्रिपरिषद् बैठकमा उक्त छानबिन प्रतिवेदन बुझेलगत्तै दिउँसो ३ बजे शीतल निवासमा उनको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम तय गरिएको छ।

यसैबीच, यो प्रतिवेदन तयार पार्न निर्णायक भूमिका खेलेका महालेखा नियन्त्रक शोभाकान्त पौडेलले पुरस्कारस्वरूप अर्थसचिवको जिम्मेवारी मागेको बुझिएको छ। तर, मुख्यसचिव सुमन अर्यालले भने छानबिनको सिफारिस बुझाउनासाथ रोजेको मन्त्रालय लिँदा बाहिर सकारात्मक सन्देश नजाने भन्दै उनलाई केही समय धैर्य गर्न सल्लाह दिएको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्