News Portal

झुटा कागजात तयार पारेको आरोपमा वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा

फेवाखबर संवाददाता
४९ पटक

आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले वीरगञ्ज महानगरपालिकाका मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई अनि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल विरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले त्यसवारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि मुद्दा चलाएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए । भ्रष्टाचारको आरोप खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर हुन् ।

प्रतिकृया दिनुहोस्