News Portal

माहा शिवरात्रिको अवशरमा पोखरामा भजन प्रतियोगिता हुने

माहा शिवरात्रिको अवशरमा पोखरामा भजन प्रतियोगिता हुने

फेवाखबर संवाददातापोखरा ,२५ माघ ।
२२९ पटक
पोखरा ,२५ माघ ।

पोखरा ४ गैह्रापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्री पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ । धर्म संस्कृतिको संरक्षणको लक्ष्यसहित आगामी फागुन ६ गते शिवरात्री पर्वका दिन भजन प्रतियोगिता गर्न लागिएको नारी समूहका अध्यक्ष मीनु कोइरालाले बताइन् ।

विजेता समूहले ३० हजार, द्वितीयले २० हजार, तृतीय हुने टोलीले १५ हजार र सान्त्वना हुनेले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी नृत्य र भेषभूषामा उत्कृष्ट हुनेलाई ३ हजार ५ सय सयका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली मौलिक संस्कृति तथा पर्वहरु हराउँदै जाने अवस्थालाई न्यूनीकरण गरी नयाँ पुस्तालाई संस्कृतिको संरक्षणमा अग्रसर गराउन समेत प्रतियोगिताले मदत पुग्ने विश्वास आयोजकको छ ।

प्रतियोगिता गर्न ३ लाख ४ हजार खर्च लाग्ने नारी समूहका कोषाध्यक्ष रचना कोइरालाले बताइन् । स्थानीय सरकार, विभिन्न संघ सस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेर खर्चको व्यवस्था गरिने बताइन्छ ।

२०५२ मा स्थापना भएको सर्वेश्वर नारी समूहले महिला सशक्तीकरणका लागि विभिन्न सीपमूलक तालिमसहित सामाजिक कार्य गर्दै आएको सचिव सचिव इनु कोइराला बताउँछिन् ।

प्रतिकृया दिनुहोस्