News Portal

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीले गर्यो वृक्षरोपण कार्यालय उद्घाटन

फेवाखबर संवाददाता
१६३ पटक

पोखरा ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीले शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर १ बगरमा नयाँ कार्यालयको उद्घाटन गरेको छ । सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित ग्यारजती शिवालय मन्दिर परिसरमा वृक्षरोपण गरेको कार्यक्रमका संयोजक दयाशंकर गौतम जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल राज काफ्ले थिए । उनले वन पैदावार उद्योगलाई वन संरक्षण र हरियाली प्रवद्र्धनसँग जोडेर लैजानुपर्ने बताए । ‘वृक्षरोपण केवल कार्यक्रमका लागि नभई वातावरणीय सन्तुलन र भावी पुस्ताका लागि जीवनदायिनी अभ्यास हो,’ उनले भने ।

वृक्षरोपण कार्यक्रममा विभिन्न ४० प्रजातिका बिरुवा रोपिएको संयोजक गौतमले जानकारी दिए । संघका अध्यक्ष नरबहादुर गुरुङले कार्यक्रमको उद्देश्य र संघका भावी योजनाका बारेमा प्रकाश पारेका थिए । उनले वातावरण संरक्षण, दिगो वन व्यवस्थापन र व्यवसाय प्रवद्र्धनबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना तथा वन विज्ञान अध्ययन संस्थानका सहायक प्राध्यापक डा. जीत नारायण शाहले वृक्षरोपणको आवश्यकता र वैज्ञानिक महत्वमाथि बोलेका थिए ।

कार्यक्रममा सवडिभिजन वन कार्यालय फेवाका प्रमुख प्रगति शर्मा, लेखनाथका सरोज जमरकट्टेल, पोखराका प्रतिक्षा पनेरु, मादीका गणेश बहादुर कार्की र रुपाका सुदीप राज रेग्मीको उपस्थिति रहेको थियो ।

त्यसैगरी, वन अधिकृतहरू हरिप्रसाद गौतम, राजेन्द्र शमी र माधवी खड्का, फर्निचर तथा फिनिसिङ व्यवसायी संघका अध्यक्ष थोमनाथ अर्याल, महासंघका सल्लाहकार शिवप्रसाद पराजुली र सह–कोषाध्यक्ष रेशमराज ज्ञवाली वृक्षरोपण कार्यक्रममा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्