News Portal

सुनको भन्सार बढाएको विरोधमा प्रदर्शन

फेवाखबर संवाददाता
३४५ पटक

सरकारले सुनको भन्सार बढाएपछि व्यवसायी र कालीगढहरू विरोधमा उत्रिएका छन्।

आइतबार काठमाडौंको माइतीघर मण्डलमा संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले प्रदर्शन गरेको हो।

उनीहरूले सरकराले अव्यवहारिक ढंगले सुनमा भन्सार वृद्धि गरेको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्।

त्यस्तै सुनमा लगाइएको सिन्डिकेट र कोटा प्रणाली खारेज गरी वैज्ञानिक सुनचाँदी वितरण प्रणाली लागु गर्न माग गरेका छन्।

बजेटले सुनमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। यससँगै तोलामा पाँच हजार रूपैयाँले सुनको भन्सार दर बढेको हो।

भन्सार दर बढेयता दैनिक सुनको मूल्यपनि बढिरहेको छ। सुनको भाउ शुक्रबार १ लाख ४२ हजार २ सय रूपैयाँ पुगेकोमा आइतबार दुई सय रूपैयाँ घटेर प्रतितोला १ लाख ४२ हजार रूपैयाँ कायम भएको छ।

प्रतिकृया दिनुहोस्