Skip

Click here to see more…

News Portal

उत्कृष्ट गायकमा बागलुङका सुमन खडका संस्कृती मन्त्री सुदन किराँतीको हातबाट सम्मानित

फेवाखबर संवाददाता
४४३ पटक

रास्ट्रीय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल ले सातौ राष्ट्रीय दोहोरि रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न गरेको छ । फाल्गुन ५ देखि ८ गते सम्म धादिङ मा सम्पन्न उक्त कार्यक्रममा बाग्लुङका सुमन खड्काले उत्कृष्ट गायक को उपाधि प्राप्त गरेका छन्। प्रत्यक्ष दोहोरीमा अब्बल मानिएका गायक सुमन खडका गायिका सीता परियार संगको जोडीमा बागलुङ प्रतिष्ठानको प्रतिनिधित्व गर्दे दोहोरी प्रतियोगितामा सहभागी थिए अन्तिम फाईनल राउण्डमा कोरिया शाखा बिच भयको घमासन दोहोरीमा ३ अङकले उपबिजेता बन्नु परेको थियो ।

पोखरा लाइ कर्म थलो बनाएका खड्का लोकदोहोरिमै भविष्य बनाउने योजना रहेको कुरा बताउछन ।

प्रत्यक्ष दोहोरिमा अब्बल मानिएका खड्काको यो दोस्रो पटक उत्कृस्ट गायक को पुरस्कार थियो । प्रतियोगिताको अन्तिम दिन प्रमुख अतिथिको रूपमा धादिङ पुगेका माननीय संस्कृती पर्यटन मन्त्रि सुदन किरातीको हातबाट गायक खड्का सम्मानित भयका हुन । उनले आफुलाई योग्य ठानेर पुरस्कृत गर्नुहुने सम्पूर्ण निर्णायक ज्यूप्रति आभार प्रकट गर्दे प्रतियोगिता अवधिभर सहयात्रा गर्ने गायिका सिता परियारलाई हार्दिकताका साथ धन्यबाद व्यक्त गर्दे हरेक दिन प्रतियोगिता बारे चासो लिने, हौसला प्रदान गर्न सबै शुभचिन्तकलाई धन्यबाद दियका छन।

प्रतिकृया दिनुहोस्