News Portal

प्रथम फ्लो फ्लो कप फुटवल प्रतियोगिता जारी, दोश्रो दिन चार खेल सम्पन्न

प्रथम फ्लो फ्लो कप फुटवल प्रतियोगिता जारी, दोश्रो दिन चार खेल सम्पन्न

फेवाखबर संवाददातापोखरा , १७ फागुन ।
१५५ पटक
पोखरा , १७ फागुन ।

 

 

पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटवल क्लवद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता जारी रहेको छ ।

 

प्रतियोगितामा दोश्रो दिन चार खेल सम्पन्न भएको आयोजकले जनाएको छ । दोश्रो दिनको पहिलो खेलमा ढुुंगेसांघुु फुटवल क्लबले सिङदी लाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा ढुुंगेसांघुु का जय गुरुङले निर्णयक गोल गरेका थिए ।

त्यसैगरी दोश्रो खेलमा कमलपोखरीले पोखरा पसगाँउलाई ३–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमलपोखरीका सन्दीप गुरुङले २ र प्रदीप गुरुङले १ गोल गर्न सफल भए ।

 

त्यसैगरी तेश्रो खेलमा हाम्रो एफसीलाई कृष्ती एफसीले २–१ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा कृष्ती एफसीका योगेश क्षेत्री र मनोज गुरुङले समान १–१ गोल गर्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल रहे भने हाम्रो एफसीका अनिस श्रेष्ठले सान्तवना गोल गरे ।

अन्तिम खेलमा गन्नी ब्लूूले निकुु एफसीलाई ७–२ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा गन्नी ब्लूूको तर्फबाट गनेश क्षेत्री (गन्नी) ले ६ गोल र हेमन्त तामाङले १ गोल गर्न सफल रहे भने निकुको तर्फबाट प्रयास गुरुङले २ गोल गर्न सफल रहे ।

 

प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।

प्रतिकृया दिनुहोस्