News Portal

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र भारतको खेल हुने

फेवाखबर संवाददातापोखरा ,२४ माघ ।
१४४ पटक
पोखरा ,२४ माघ ।

बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने अवस्था छ ।

चार राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।

एक हार र एक जितबाट नेपालको तीन अंक छ र तेस्रो स्थानमा छ । पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ३ १ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४ ० ले हराएको थियो ।

तुलनात्मक रुपमा भारत बलियो प्रतिद्वन्द्वी भएकोले नेपालका लागि फाइनल पुग्नु ठूलो चुनौती छ । नेपालसँग पराजित हुँदा भारत बाहिने अवस्था रहेकोले भारत नेपालसँग हार्न चाँहदैन ।

घरेलु टोली बंगलादेशले अन्तिम खेल भुटानसँग खेल्ने भएकोले सहज अवस्थामा छ । बंगलादेश भुटानसँग बराबरी खेले पनि फाइनल पुग्नेछ ।

प्रतिकृया दिनुहोस्