News Portal

१७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई कुमुदिनी होम्स र एनटिएचएमसीको सहयोग

फेवाखबर संवाददातापोखरा ,२२ माघ ।
१४४ पटक
पोखरा ,२२ माघ ।

पोखरा म्याराथनलाई कुमुदिनी होम्स मावि र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)ले सहयोग गर्ने भएका छन् ।नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्ने भएका हुन् ।

पोखरा ४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माविले छात्र÷छात्रा ५ किमि दौडको द्वितिय पुरस्कार स्वरुप १०÷१० हजारका दरले नगद २० हजारले सहयोग गर्ने विद्यालयका अध्यक्ष तथा शिक्षाप्रेमी अशोक पालिखेले जानकारी दिए ।

“कुमुदिनी होम्सले विगत तिन वर्ष देखि विद्यालयस्तरिय दौडमा सहयोग गर्दै आएका छौं । नेपालकै जेठो म्याराथनलाई सहयोग गर्न पाउँदा विद्यालय परिवार निकै खुसी छ,” समाजसेवी तथा संस्कृतीप्रेमी समेत रहेका पालिखेले भने–“पोखरा म्याराथनले पोखरेलीहरुलाई खेलकुद अभियानमा जोड्न भूमिका खेलेको छ भने यूवा खेलाडी उत्पादनमा समेत महत्वपूर्ण योगदान मिल्ने छ ।”

यसै गरी विगत साढे दुई दशक देखि पोखरामा होटल म्यानेजमेन्ट विषयमा अध्ययन अध्यापन हुँदै आएको एनटिएचएमसीले ५ किमि छात्र–छात्रा दौडतर्फ नगद पुरस्कार राशी रु १५–१५ हजार गरी ३० हजार सहयोग गर्ने भएको कलेजका अध्यक्ष पालिखेले बताए ।

कुमुदिनी र एनटिएचएमसीले पुरस्कार राशीमा विगतमा जस्तै गरी सहयोग गर्ने भए पछि मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आभार व्यक्त गर्दै पोखरा म्याराथनमा सहयोगका लागि अघि आउनु शुखद भएको बताए ।

प्रतिकृया दिनुहोस्