Skip

Click here to see more…

News Portal

क्रिकेटर सन्दिप न्विरुद्धको मुद्दामा सर्वोच्चमा सकियो सुनुवाइ

क्रिकेटर सन्दिप न्विरुद्धको मुद्दामा सर्वोच्चमा सकियो सुनुवाइ

फेवाखबर संवाददातापोखरा , २० माघ ।
२१७ पटक
पोखरा , २० माघ ।

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ सकिएको छ।

लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदनमा न्यायाधीश हरि फुयालको इजलासले  कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ। कैफियत प्रतिवेदन भनेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण हो।

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो।नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ।

प्रतिकृया दिनुहोस्