News Portal

पाँचौ सामुदायिक बिद्यालय स्तरीय सृजना कप भलिबल प्रतियोगिता फागुन १६ देखी १९ गते सम्म हुने

पाँचौ सामुदायिक बिद्यालय स्तरीय सृजना कप भलिबल प्रतियोगिता फागुन १६ देखी १९ गते सम्म हुने

फेवाखबर संवाददातापोखरा ,१७ माघ ।
२०१ पटक
पोखरा ,१७ माघ ।

पाँचौ सामुदायिक बिद्यालय स्तरीय सृजना कप भलिबल प्रतियोगिता फागुन १६ देखी १९ गते सम्म हुने भएको छ ।

सृजना बिकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक बिद्यालयका छात्र,छात्राले मात्र भाग लिन पाउने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

प्रतियोगितामा कक्षा १२ सम्मका बिद्यार्थीहरुले मात्र भाग लिन पाउने र ५० टिमको सहभागिता रहने संयोजक मिन प्रसाद भट्टराईले बताए ।

प्रतियोगिताको उपाधि बिजेता छात्र,तथा छात्रा दुबै तर्फको बिजेताले एक/एक लाख तथा उपबिजेताले समान ६०/६० हजार र तृतीय हुने ३५/३५ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगितामा सर्बोत्कृष्ट छात्र तथा छात्रा दुबै खेलाडीले ५/५ हजारको साथमा ट्रफि र अन्य बिधाहरुमा वेष्ट स्पाइकर,बेष्ट ब्लकर,बेष्ट डिफेन्डर,बेष्ट सर्भरले १/१  थान भलिबल प्राप्त गर्ने छन् ।

त्यस्तै बेष्ट प्रशिक्षकले  पाँच हजार प्राप्त गर्ने सहसंयोजक लेखनाथ लम्सालले बताए ।

पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने प्रतियोगिता मा करिब ११ लाख खर्च लाग्ने र प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी गरि १ लाख ५० हजार रुपैँया बचत हुने संयोजक भट्टराईले बताए।

२०३७ सालमा स्थापित सृजना बिकास केन्द्रले महिला,बालबलिका,शिक्षा ,स्वाथ्य र खेलकुदको क्षेत्रमा काम गदै आएको छ ।

प्रतिकृया दिनुहोस्