News Portal

आर्थिक अभाव पछि सहयोग गुहार्दै क्यान्सर पिडित

फेवाखबर संवाददाता
७६० पटक

विराटनगरका महानगरपालिकाका ५४ बर्षीय गजेन्द्र कार्की अहिले क्यान्सरसंग लडिरहेका छन् ।

एक छोरा र एक छोरी रहेका कार्कीको उपचार नेपालमा सम्भव नभएपछि भारत लगिएको थियो ।

भारतमा उपचार गराउँदै गर्दा स्वास्थ्यमा सुधार देखिदैँ जादाँ यता परिवारको आर्थिक स्थिति भने निकै खस्किएको छ ।

मध्यम वर्गका उनको उपचारको क्रममा लाखौं रपैयाँ सकिएपछि अहिले उपचारका लागि हार गुहार गर्न बाध्य भएका छन् ।
नेपालमा उपचार सफल नभएपछि भारतको राजिव गान्धि क्यान्सर इन्स्टीच्युट एण्ड रिसर्च सेन्टरमा साउन देखी उपचार गराइरहेको उनका आफन्त नबिन कार्कीले फेवा खबरलाई बताए।

उपचार गर्दा अहिले सम्म्म भारु ३३ लाख सकिएको र उनको उपचारका लागि थप करिब १२ लाख भातरीयत रुपैयाँको खाचो परिरहेको परिवारले बताएको छ ।

भारतमा उपचार गरिरहेका गजेन्द्र कार्कीको स्वास्थ्यमा पहिला भन्दा अहिले सुधार आएकाले कार्कीको जिवन बचाउनका लागि परिवारले देश विदेश रहेका सहयोगी मनहरुसंग सहयोग मागिरहेका छन् । सहयोगकालागि परिवारले एग्रीकल्चर बैंकको खाता समेत उपलब्ध गराएका छन्

Bank Acc No 0602000542531011
Eliza karki
Agriculture Development Bank
Biratnagar Tinpainy Branch

 

 

प्रतिकृया दिनुहोस्