News Portal

पोखरामा डायमण्ड मेला हुदैं

फेवाखबर संवाददाता
६७ पटक

पोखरा। पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो । पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा मेला हुन लागेको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताउनुभयाे । सोही अवसरमा क्रिस कञ्चन ज्वेलरीमा
डायमण्डको सोरुम पनि उद्घाटन गरिने अध्यक्ष गुभाजूले जानकारी दिनुभयाे ।

मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइने उहाँले बताउनुभयाे । मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलामा हिराबाट बनेका फूल, औंठी, हार, टप, झुम्का लगायतका गहनाहरु राखिने उहाँले सुनाउनुभयाे । पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौं, उहाँले भन्नुभयाे, यो मेलाबाट डायमण्डको विशेषताको
बारेमा जानकारी गराउँदै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं । यो पटक हामीले पोखरामै सोरुमको पनि शुभारम्भ गर्दैछौं ।’

तिज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिनुभयाे । हिराका गहना काठमाडौंमा बढि प्रचलनमा रहेकाले पोखरामा पनि डायमण्डको गहना उपलब्ध गराउन कञ्चन क्यापिटल लागि परिरहेको उहाँले बताउनुभयाे । ‘पोखरामा डायमण्डको सोरुम थिएन् । सबै काठमाडौं जान्थे,’ उहाँले भन्नुभयाे, ‘त्यसैले यताको ग्राहकलाई पोखरामै सुविधा दिउँ
भन्ने उद्देश्यले सोरुम स्थापना गरेका हौं ।’

प्रतिकृया दिनुहोस्