Skip

Click here to see more…

News Portal

झापामा एक थुनुवा अस्पतालको बेडबाटै हतकडी फुस्काइ फरार

फेवाखबर संवाददाता
१४९ पटक

झापा । झापामा एक थुनुवा अस्पतालको बेडबाटै हतकडी फुस्काइ फरार भएका छन्। लागू औषध मुद्दामा पक्राउ परेका दमक नगरपालिका– ३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड– १ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई हतकडी फुस्काइ फरार भएकाे प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा रहेका आरोपी राईलाई मंगलबार दिउँसो ४ बजे पेट दुखेर बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको थियो। अस्पतालमा भर्ना भएका राई बेडबाटै फरार भएका प्रहरीले जनाएकाे छ। राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिनुभएकाे थियाे। घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश बिस्टको कमान्डमा खोजतलास भइरहेको जनाइएको छ।

गत भदौ २ गते राति अन्दाजी साढे ९ बजे बिर्तामोड–१ पश्चिम बस स्ट्यान्डमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा को राईकाे साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। त्यसपछि राईलाई झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको थियो।

प्रतिकृया दिनुहोस्