News Portal

नवौं राष्ट्रियको अभियानमा जुट्न राखेप सदस्य सचिव घिसिङको आग्रह

फेवाखबर संवाददाता
२८४ पटक

पोखरा

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीहरु संग आग्रह गरेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीले शनिबार पोखरामा विभिन्न संघ संस्थाहरु संग गरको एक अन्तक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त आग्रह गरेका हुन् ।

“हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिातको संघारमा छौं । गण्डकी प्रदेश आयोजक प्रदेश भएको नाताले पनि प्रतियोगिता सफल बनाउने जिम्मेवारी यहाँहरुको काँधमा छ,” उनले भने–“म गण्डकी प्रदेशवाशीलाई यो अभियानमा जुट्न आग्रह गर्दछु ।”

नेपालको खेलकुद ऐन कार्यान्वयन भए संगै संघियताको मोडलमा पहिलो पटक नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भइरहेको बताउँदै सदस्य सचिव घिसिङले पनि यो प्रतियोगिताको महत्व छुट्टै रहेको बताए ।

उनले भने–“हामी नयाँ खेलकुद विकास ऐनको जगमा उभिएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दैछौंं त्यसैले पनि यसको महत्व र मर्म बारे बुझ्न आवश्यक छ ।

” नवौं राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारी भइरहेको बताउँदै यहाँ आउने खेलाडीहरुलाई न्यानो आत्थ्यिताको सन्देशको छाप छोड्न पनि उनको आग्रह थियो ।

असोज २३ गते बाट नै औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुदका प्रतियोगिताहरुको सुरुवात हुने जानकारी दिंदैं सदस्य सचिव घिसिङले असोज २८ गतेको उद्घाटन समारोह तथा कार्तिक ३

गते हुने समापन समारोहमा पोखरा रंगशालामा आउन आह्वान र खेलाडीहरुलाई प्रोत्सहान गर्न उनले आग्रह गरे ।

उनले राष्टिय प्रतियोगिता अन्तर्गत हुने खेलहरु अवलोकनका लागि कुनै टिकटको व्यवस्था नगरिए पनि भलिबल र

फुटबलको सेमीफाइनल देखिका खेलहरुको भने टिकटको व्यवस्थागर्न लागिएको जानकारी दिए ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३९

वर्ष पछि पुनः गण्डकीले आयोजनागर्न पाउनु गौरवको कुरा रहेको बताउँदै उनले यसको सफलतामा पोखरेलीहरुको

पनि उत्तिकै ठूलो सहयोग र सहभागिता रहेको खाँचो रहने औंल्याए ।
कार्यक्रममा पोखराका विभिन्न वडाहरुमा आयोजना हुने वडाहरुका वडाध्यक्षहरु, उद्योगी र पर्यटन व्यवसायीहरु, विभिन्न संघ–संस्था,

प्यावसन, एनप्यावसन, हिसान, वित्तिय संस्थाका प्रतिनिधीहरुलगायतको सहभागिता रहेको थियो ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्