News Portal

विश्वकप लिग २ को प्रशिक्षणका लागि २२ खेलाडी छनोट

विश्वकप लिग २

फेवाखबर संवाददाता
२६६ पटक

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग २ को सिरिजका लागि २२ खेलाडीलाई बोलाएको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरालाई बोलाइएको हो ।

नेपालले आगामी सेप्टेम्बरमा क्यानडा भ्रमण गर्दैछ ।

नेपालले लिग २ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

प्रतिकृया दिनुहोस्