News Portal

साढे ६ किलो अवैध सुनसहित पाेखराबाट एक भारतीय नागरिक पक्राउ

फेवाखबर संवाददाता
१७७ पटक

पोखरा । पोखरामा साढे ६ किलो अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सुनसहित पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो ।

उनको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । सुनसहित ६ किलो चादी र नगद ६२ लाख ८१ हजार बरामद गरिएको थापाले बताए ।

थप अनुसन्धानका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्