Skip

Click here to see more…

News Portal

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : अपाङ्गता तर्फको दौड सम्पन्न

फेवाखबर संवाददाता
२८४ पटक

पोखरा ।

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको १८०० मिटर दौडमा सुरेश कुमार गौली पहिलो भएका छन् । उनले उक्त दौड पुरा गर्न ७ मिनेट ४१.३ सेकेण्डमा दुरी पार गरे । यस्तै दोश्रो भएका भरत अधिकारीले ७ मिनट ५७.३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेण्डमा पार गरे ।

यस्तै महिलातर्फको ह्विल चेयर दौड काठमाण्डौकी ऐश्वर्य कुमारी कुमालले जितेकी छन् । उनले १००० मिटरको दौड ४ मिनेट ९.८ सकेण्डमा पार गरिन् । यसै गरी महिलातर्फ काठमाण्डौकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेटमा दौड पुरा गरी दोश्रो भइन् भने पोखराकी अञ्जु बराल तेश्रो भइन् । उनले उक्त दुरी ६ मिनेट ४४.५ सेकेण्डमा पार गरिन् ।

पुरुष १०० मिटर दृष्टिबिहिन दौडमा आशिक खडगी १३.४ सेकेण्डको समय लिदैं प्रथम भएका छन् भने दोश्रो भएका विरेन्द्र लामिछानेले १३.४ सेकेण्डमा दुरी पार गरे । त्यस्तै टुल्का डाँगी तेश्रो भए भने प्रमोल दाहाल र सुशिल गोदारले चौथो र पाँचौ हुँदै सान्त्वना स्थान प्राप्त गरे ।

महिला १०० मिटर दृष्टिविहिन दौडमा बिनिता पुन पहिलो भएकी छन् । उनले उक्त दुरी १२.२ सेकेण्डमा पार गन् िभने दोश्रो भएकी सिर्जना परियारले १३.८ सेकेण्डमा दौड पुरा गरिन । त्यस्तै १५.२ सेकेण्डमा दुरी पार गरेकी मायाँ गौतम तेश्रो भइन् भने प्रतियोगितामा पुर्णिमा गुरुङ चौथो र मोनिका थापाले पाँचौ स्थान हासिल गरे ।

बिजेता ह्विल चेयर र दृष्टिविहिन महिला तथा पुरुषतर्फ पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश जनही नगद रु १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे भने दृष्टिविहिन पहिलो, दोश्रो तथा तेश्रो र सान्त्वना भएका दृष्टिविहिन महिला/पुरुष खेलाडीहरुलाई सेतो छडी सिविआरएसको सहयोगमा प्रदान गरिएको थियो । ह्विल चेयरतर्फ पहिलोल दोश्रो र तेश्रो भएका महिला र पुरुष खेलाडीहरुलाई रोटरी क्लव ३२९२ को तर्फबाट एक–एक थान ह्विलचेयर प्रदान गरिएको छ ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, प्रतियोगिताका पा्रयोजक दुर्गा गुरुङ (यूके), मेजर लक्ष्मी प्रसाद गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गिय गंगा गुरुङका छोरा मनोज गुरुङ, रोटरी क्लवका एजी पुरन कुंवर, डायमण्ड वुद्धिस्ट यूकेका अध्यक्ष योगेश गुरुङ, सिबीआरएसका कार्यालय ब्यवस्थापक कृष्ण लामिछाने, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटलगायतले मेडल, नगद, प्रमाणपत्र तथा सेतो छडी प्रदान गरेका थिए ।

कार्यक्रम मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्