News Portal

तनहुँमा प्रधानाध्यापकले १ सय रुपैयाँ दिएर गरे १२ वर्षीया बालिकाको बलत्कार (भिडियोसहित)

फेवाखबर संवाददाता
२०७९ पटक

पोखरा
तनहुँमा विद्यालयका प्रधानाध्यपक झुलबहादुर थापाले १२ वर्षीया बालिकालाई बलत्कार गरेका छन् ।

तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ अर्खलाछापमा रहेको ज्यामिर माई प्राथमिक विद्यालयका प्रधानाध्यापक थापाले अमर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई साउन ३१ गते बलत्कार गरेका हुन् । घरमा एक्लै भएको अवस्थामा थापाले बलत्कार गरेको पीडितको दाबी छ । प्रधानाध्यापक थापाले १ सय रुपैयाँ दिएर बलत्कार गरेको पीडित किशोरीको आरोप छ ।

परिवारका तर्फबाट प्रधानाध्यपक थापाविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका छन् । प्रहरीका अनुसार थापा अहिले फरार छन् ।

पूरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्