News Portal

प्रदेश क्रिकेट संघ सुदूरपश्चिमको अध्यक्षमा जोशी चयन

फेवाखबर संवाददाता
१३२ पटक

पोखरा

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा वासुदेव जोशी चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न संघको दोस्रो साधारण सभाबाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

लामो समयदेखि क्रिकेटका गतिविधिमा सक्रिय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्य थिए । जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर प्रदेश अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा बैतडीका रमेश बहादुर बोहरा ,सचिव कञ्चनपुरका लक्ष्मण दत्त भट्ट ,कोषाध्यक्ष डोटीका दिनेश सिंह चयन भएका छन् । सदस्यहरूमा हरी रेग्मी, बाबु राजा श्रेष्ठ, शेर सिंह खत्री,तेज कार्की, अनिल कुँवर,माया रावत साउँद महिला सदस्य,रमेश बहादुर चन्द,जोग बहादुर दौल्याय र आशिष कुमार खत्री चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्