News Portal

राष्ट्रनिर्माताको प्रतिमा हटाएपछि जलाइयो मेयरको पुत्ला, राजावादीको आन्दोलन, के हो खास विवाद ? (भिडियोसहित)

फेवाखबर संवाददाता
२८१ पटक

पोखरा

सहिद लखन थापाको सालिक भएको पृथ्वीचोकमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड राखिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राखेको उक्त प्रतिमा एक समूहले केहि दिन अघि झिक्यो ।

राप्रपाले पुनः पृथ्वीको प्रतिमा पुनस्र्थापना गर्‍यो । तर, त्यसको केही दिनमै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले पोखराका सबै सालिक १ महिनाभित्र हटाउने निर्णय गर्‍यो । सोही दिन राति महानगरपालिकाले पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको हो । त्यसयता राजावादीहरु राष्ट्रनिर्माताको प्रतिमा हटाएको भन्दै विरोध गरिरहेका छन् ।

उनीहरुले पोखरा महानगरपालिकाका मेयर आचार्यको पुत्ला दहन गरेका छन् । मेयरको विरोध गर्दै नाराबाजी गरिरहेका छन् । राजावादीहरुले शाहको सालिक पुनस्र्थापनाका लागि हस्ताक्षर अभियान समेत चलाइरहेका छन् । उनीहरुले महानगरले प्रतिमा चोरेको आरोप समेत लगाइरहेका छन् ।

म्हानगरले भने सहमति अनुसारनै शाहको प्रतिमा हटाइएको जनाएको छ । हामीले सहमतिअनुसारनै अस्थायी रुपमा रहेको शाहको प्रतिमा महानगरमा सुरक्षित राखेका छौं । अन्य सबै ठाउँमा सालिक एक महिनाभित्र हटाएर सहिद पार्कमा व्यवस्थापन गर्छौं,’ मेयर आचार्यले भने ।

पूरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्