Skip

Click here to see more…

News Portal

हरियो खर्क अस्पतालको लापरवाहीले घुँडाको थेरापी गर्न आएका बिरामीको खुट्टा भाँचियो (भिडियोसहित)

फेवाखबर संवाददाता
१०४२ पटक

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेको हरियो खर्क अस्पतालको लापरवाहीले घुडाको थेरापी गर्न आएका बिरामीको थेरापीको क्रममा खुट्टा भाँचिएको छ । अस्पतालले लापरवाही गर्दा बायाँ घुडाको थेरापी गर्न आएका शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ तनहुँका हरि वानियाको थेरापीकै क्रममा बायाँ खुट्टा भाँचिएको हो ।

बानिया ६ दिनदेखि सोही अस्पतालमा थेरापी गराउँदै आएका थिए । घुडाको थेरापी गर्न आएका बानियाको देव्रे खुट्टा भाचिएको छ । हरिको भाईले अस्पतालको लापरवाहीका कारण दाईको खुट्टा भाचिएको दाबी गरे ।

‘घुडाको थेरापी गर्न लिएका थियौं । दाई ५/६ दिनदेखि यहि अस्पताल थेरापी गर्दै हुनुहुन्थ्यो । हिजो (बुधबार) थेरापी गर्ने क्रममा बायाँ खुट्टाको साप्रो भाचिएको छ । अस्पतालको लापरवाहीको कारण दाईको खुट्टा भाचिएको हो,’ उनले भने ।

मेडिकल सुपरिटेन्डेन्ट डा सुमन तामाङले कसैले इनसेन्सनले खुट्टा नभाँचिएको जिकीर गरे । उनले भने, ‘थेपारी सेसन गर्ने बेलामा खुट्टा भाँचिन पुगेको स्वीकार गर्छौं । गल्ती हो होइन भन्ने कुरा अथवा के कारणले भाँचियो भन्ने अर्काे कुरा हो । कसैले इनसेन्सनले भाँचिएको होइन ।’

अस्पतालका प्रशासक हरि घिमिरेले अस्पतालबाट कुनै गल्ती नभएको दाबी गरे । ‘अस्पतालको लापरवाही पनि देख्दिन । मेडिकल त मलाई थाहा हुँदैन । घटनाको अझै अध्ययन गरौंला । नहुनुपर्ने घटना घट्यो त्यो दुखद हो । हाम्रो थेपारी गर्ने साथीहरु एकदमै एक्पोर्ट हुनुहुन्छ । बरु बिरामीको घरिघरि भाँचिएको हुनाले त्यतातिर पनि हेर्नुपर्छ की,’ उनले भने ।

पूरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्