News Portal

ओलीको घरमै ब्राउनसुगरको कारोबार, एक केटी २ केटा पक्राउ

ओलीको घरमै ब्राउनसुगरको कारोबार, एक केटी २ केटा पक्राउ

फेवाखबर संवाददाता
२५६ पटक

धनगढीमा ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट यज्ञ ओलीसहित तीन जनालाई प्रहरीले समातेको हो।

२ सय ८० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले यज्ञ ओलीको घरमा लागूऔषध कारोवार गरिरहेका अवस्थामा उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो।

उनीसँगै सोही ठाउँ बस्ने १८ वर्षीया किशोरीलाई पजि लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्