News Portal

सहारा एकेडेमीमा चौथो व्याचमा ३० बालक भर्ना गरिने

सहारा एकेडेमीमा चौथो व्याचमा ३० बालक भर्ना गरिने

फेवाखबर संवाददातापोखरा, १६ चैत ।
१४४ पटक
पोखरा, १६ चैत ।

पोखराको सहारा क्लबले सञ्चालन गरेको सुर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीमा नयाँ भर्ना गर्ने भएको छ । २०५८ सालदेखि सञ्चालन हुदैँ आएको एकेडेमीमा बैशाखदेखि चौथो ब्याचका लागि बालकहरु नयाँ भर्ना गर्ने सहारा क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सहाराले प्रशिक्षार्थी बालकहरुका लागि न्यूनतम योग्यता तथा मापदण्ड समेततय गरेको जानकारी दिएको छ ।

सहाराले नयाँ ब्याचका लागि ३० जना असहाय, विपन्न बालकहरुलाई भर्ना गर्ने सहारा क्लबका अध्यक्ष हरिराम (सुरज) गुरुङले जानकारी दिए । सहारा एकेडेमीका लागि बुबाआमा दुबैको मृत्यु वा कुनै १ को मृत्यु भएको, बुबाआमा (क) र (ख) वर्गको अपांगता भएको, प्रशिक्षार्थी बालकको २०७१ बैशाखदेखि चैत मसान्तभित्र जन्म भई ९ वर्ष पुरा भई दश वर्ष ननाघेको, कक्षा ५ अध्ययनरत हुनुपर्ने, शारीरिक रुपमा तन्दुरुस्त भई कुनैपनि अपांगता नभएको हुनुपर्ने उनले बताए ।

सहाराले मापदण्डमा पर्ने बालहरुलाई छनौट गरेर एकेडेमीमा आवासीय रुपमा शिक्षा र फुटलब प्रदान गर्ने उनलेब बताए । छनौटका लागि नजिकको नातेदार वा बालक आश्रित संघसस्थाको आवेदन, बालकको बुबा आमाको वा नजिकको नातेदारको नेपाली नागरिकता प्रमाणपत्रको फोटोकफी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय तहको सिफारिस, जन्मदर्ता प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्र बालकको सम्पत्ति भए सोको निस्साको फोटोकपी र दुई थान फोेटो सहित आवदेन दिनुपर्ने अध्यक्ष गुरुङले बताए ।

सहाराले एकेडेमीले बालकहरुलाई कक्षा १२ सम्मको लालनपालन, शिक्षा, स्वास्थ्य र आवासको ब्यवस्था गर्ने छ । उनीहरुको व्यवस्थापनका लागि वार्षिक झण्डै ३० लाख रुपैयाँ खर्च हुने उनको भनाई छ । सहाराले २०५८ सालदेखि आहारारा गोल्ड कप फुटबल सञ्चालन गदै त्यसबाट वचत रकम एकेडेमीमा खर्च गदै आएको छ । पछिल्लो समय पोखराका प्रतितिष्ठित उद्योगी स्वर्गिय सुर्यबहादुर केसीको परिवारजनबाट बार्षिक १५ लाख रुपैयाँ सहयोग प्रदान गर्दै आएका छन् । सहाराले एकेडेमीबाट उत्पादित खेलाडी चर्चित फुटबल खेलाडी बनेका छन् ।

प्रतिकृया दिनुहोस्