News Portal

गण्डकी प्रदेश सरकारद्वारा चार क्रिकेट खेलाडी सम्मानित

फेवाखबर संवाददातापोखरा ,१४ चैत ।
१७१ पटक
पोखरा ,१४ चैत ।

गण्डकी प्रदेश सरकारले चार क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी करन के.सी र अन्डर-१९ वर्ल्डकपमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नुहुने दिपक डुम्रे,अर्जुन कुमाल र सुवास भण्डारीलाई ५०/५० हजार नगद सहित सम्मान गरिएको हो।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने चार खेलाडीलाई नगद ५०/५० हजार र प्रमाण सहित सम्मान गरेका हुन् ।

सम्मानपछी मुख्यमन्त्री अधिकारी खेलाडीहरु राष्ट्रको गहना भएको बताए ।

 

उनले खेलकुद र खेलाडीको उन्नयनका लागि प्रदेश सरकारले सदैव सकारात्मक भुमिका खेल्ने बताउँदै खेलाडीहरु प्रती उच्च सम्मान व्यक्त गरे ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले खेलकुदको माध्यमबाट विश्वभर चिनाउन सफल खेलाडीहरु र खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता राखेको बताए ।

उनले क्रिकेट खेलको माध्यमबाट प्रदेश र देशको शिर उचो बनाउन खेलाडीहरुले गरेको योगदानलाई मुल्यांकन गर्दै प्रदेश सरकारले सम्मान गरेको बताए ।

प्रतिकृया दिनुहोस्