News Portal

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ

फेवाखबर संवाददाता
८५ पटक

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको तनहुँ प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले फेवा खबरलाई जानकारी दिए ।

शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको उनले बताए।

युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको बताइन्छ ।  रायका अनुसार बसमा ४० जना जति यात्रु रहेका थिए ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्