Skip

Click here to see more…

News Portal

हुम्ला चङ्खेली गाउँपालिकामा जीप दुर्घटना,पाँचजना गम्भीर घाइते

फेवाखबर संवाददाता
१९८ पटक

हुम्ला । हुम्ला जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो। चालकसहित सातजना सवार जीपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। गौरीसल्लामा दुर्घटना भएको जीप मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

प्रतिकृया दिनुहोस्