News Portal

मुगुमा यार्सागुम्बाको सङ्कलन गर्न गएका चारजनाको मृत्यु

फेवाखबर संवाददाता
२०७ पटक

मुगुमा यार्सागुम्बाको सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको हो । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।

शनिबार छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बूढा, कम्फा गाउँका सोभान बूढा, छायानाथ रारा नगरपालिका– १० तल्लेख गाउँका २० वर्षका देवराज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

एक जनाको भने केही दिन अघि ज्यान गएको थियो । यस्तै यार्सागुम्बाको सङ्कलन गर्न गएका छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका जीवन बूढा भने  सिकिस्त बिरामी परेका उनको उपचार भइरहेको छ ।

मुगुमा गएको वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर ज्यान गएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गएको वैशाख २५ गते बाट यार्सागुम्बाको सङ्कलन गर्नका लागी प्रवेश खुला गरेको थियो ।

प्रतिकृया दिनुहोस्