News Portal

वैशाख १० उपनिर्वाचन : दल दर्ता गर्ने आइतबार अन्तिम दिन

वैशाख १० उपनिर्वाचन : दल दर्ता गर्ने आइतबार अन्तिम दिन

फेवाखबर संवाददाताकाठमाण्डौ ।
१२९ पटक
काठमाण्डौ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म रहेको जनाएको छ। आयोगले दल दर्ताको समय चैत ८ गतेदेखि आजसम्म निर्धारण गरेको थियो। उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ।आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।

यसैगरी, आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्नेछ।चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हो।

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनको सांसद पद गुमेको थियो।

बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए। आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्