News Portal

नेपाल उद्योग वाणिज्य महासंघमा छत्रधरको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघमा छत्रधरको उम्मेदवारी घोषणा

फेवाखबर संवाददाता लेखनाथ ,९ चैत्र ।
१४४ पटक
लेखनाथ ,९ चैत्र ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा छत्रधर आत्रेयले उम्मेदवारी दिने भएका छन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका आत्रेयले महासंघको जिल्ला तथा नगरतर्फ खुल्ला कार्यकारिणी सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । संघले सर्वसम्मत रुपमा केन्द्रीय सदस्यमा आत्रेयलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संघको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

आत्रेयसँग व्यावसायिक तथा सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव छ । लेखनाथ उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका आत्रेय अब महासंघको यात्रामा अगाडि बढेका हुन् ।
फेवा ग्रुप अफ पोल्ट्री इन्डष्ट्रिजका अध्यक्ष, श्री महालक्ष्मी एग्रिगेट इन्डष्ट्रिजका सञ्चालक, जयमहालक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक उनी खानी तथा क्रसर उद्योग व्यवसायी महासंघ गण्डकीको सचिवसमेत भएर काम गरिरहेका छन् ।

व्यावसायिक हकहितका क्षेत्रमा काम गर्ने, उद्योगी व्यवसायी र महासंघलाई जोड्ने, व्यवसायमैत्री नीति, नियम बनाउन भूमिका खेल्ने, लेखनाथमा औद्योगिक क्षेत्र स्थापनाको प्रक्रियालाई मूर्त रुप दिने, प्रदेशको पर्यटकीय गतिविधि बढाउन भूमिका खेल्ने लगायतका प्रतिबद्धता उनले गरेका छन् ।

यसैगरी महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा आत्रेयलाई विजयी गराउन लेखनाथ उद्योग वाणिज्य संघले महासंघका सम्पूर्ण सदस्यहरुमा आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्