News Portal

उपराष्ट्रपति निर्वाचनमा गण्डकी प्रदेश सांसद प्रकाश बरालले गरे मतदान

उपराष्ट्रपति निर्वाचनमा गण्डकी प्रदेश सांसद प्रकाश बरालले गरे मतदान

फेवाखबर संवाददाता काठमाडौं , ३ चैत ।
१२१ पटक
काठमाडौं , ३ चैत ।

उपराष्ट्रपति निर्वाचनको जारी मतदानमा गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले मतदान गरेका छन‍् । आफ्ना बाबुको निधनमा किरियामा बसेका सांसद बरालले काठमाडौं गएर उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका हुन् ।

शुक्रबार बिहान काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत काठमाडौं गएका हुन् । सांसद बराल मतदान सकेर शुक्रबार नै पोखरा फर्कँदैछन् । कास्की ३ ख बाट निर्वाचित सांसद बरालका पिताको २६ फागुनमा निधन भएको थियो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान जारी छ ।

प्रतिकृया दिनुहोस्