News Portal

किन दियो पिएनको स्ववियु निर्वाचन समितिले राजीनामा ? ( पूर्णपाठ )

किन दियो पिएनको स्ववियु निर्वाचन समितिले राजीनामा ? ( पूर्णपाठ )

फेवाखबर संवाददाताकाठमाण्डौ ,२८ फागुन ।
१३८ पटक
काठमाण्डौ ,२८ फागुन ।

पोखराको पृथ्वीनारायण नारायण क्याम्पसमा स्ववियु निर्वाचन समितिले राजिनामा दिएका छन । निर्वाचन समितिले शनिवार  एक विज्ञप्ति निकाल्दै उक्त जानकारी दिएको हो ।

क्याम्पसका केहि विद्यार्थी संगठनहरुले सुचना चुहावट गरेको आरोप लगाउँदै निर्वाचन समितिको कार्यलयमा तोडफोड र तालाबन्दी गर्ने, निर्वाचन समितिका सदस्यहरुको निष्ठामाथि प्रश्न गर्ने र सदस्यहरु माथि भौतिक आक्रमण गर्ने जस्ता क्रियाकलाप गरेपछि उनीहरुले फागुन २७ गते (शनिवार) राजीनामा दिएका हुन् ।

समितिका निर्वाचन अधिकृत विकास केसीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा विद्यार्थी संगठनहरुको यस्तो गतिविधिले निर्वाचन समितिलाई काम गर्न समेत असहज भएको उल्लेख गरिएको छ ।

फागुन २५ गते अखिल क्रान्तिकारी सहित अखिल क्रान्तिकारी(विप्लव), अखिल क्रान्तिकारी (बहुमत) र अखिल (छैठौ) समूहले क्याम्पसमा क्याम्पस प्रशासन समक्ष त्रिभुवन विश्वविद्यालय मार्फत तलबभत्ता लिने शिक्षक प्राध्यापक र कर्मचारीले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र प्रकाशित नामावली सच्याई पुनःप्रकाशन गर्नुपर्ने भनी २ बुदे माग राख्दै समितिको कार्यलयमा तालाबन्दी गरेको थियो । साथै उनीहरुले निर्वाचन समितिको कर्मचारीले सुचना चुहावट गरेको आरोपसमेत लगाएको थियो । उनीहरुले आफ्ना उक्त मागहरु सम्बोधन नभए र सुचना चुहावट गर्ने कर्मचारीहरुमाथी छानविन नगरेसम्म ताला नखोल्ने अडान समेत लिएका छन् ।

प्रतिकृया दिनुहोस्