News Portal

माओवादी घटकको आज संयुक्त पत्रकार सम्मेलन

माओवादी घटकको आज संयुक्त पत्रकार सम्मेलन

फेवाखबर संवाददाताकाठमाण्डौ ,२८ फागुन ।
२२२ पटक
काठमाण्डौ ,२८ फागुन ।

माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन्।सशस्त्र युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट हेर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू सो पत्रकार सम्मेलनमा उपस्थित रहनेछन्। पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

सशस्त्र युद्धकालीन मुद्दालाई विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सर्वोच्चले हेरेको भन्दै उनीहरुले प्रतिवाद गर्ने चेतावनी दिएसकेका छन्। माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्।

माओवादीले सो असहमति जाहेर गरे पनि शुक्रवार सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिइसकेको छ। सर्वोच्च अदालतले दिएको आदेशको पर्सिपल्ट अर्थात् २८ फागुनमा माओवादी घटकले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।

प्रतिकृया दिनुहोस्