News Portal

महेश त्रिपाठी अभिनीत फिल्म ‘हल्कारा ’ को मर्मस्पर्शी टिजर सार्वजनिक

महेश त्रिपाठी अभिनीत फिल्म ‘हल्कारा ’ को मर्मस्पर्शी टिजर सार्वजनिक

फेवाखबर संवाददाताकाठमाण्डौ ,२७ फागुन ।
१६४ पटक
काठमाण्डौ ,२७ फागुन ।

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म हल्कारा को टिजर सार्वजनिक भएको छ । हल रिलिजअघि नै चर्चित अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’को मर्मस्पर्शी टिजरले सबैलाई झस्काएको छ ।
आगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट देखाइएको छ।
मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा बगेको टिजरमा सशक्त दृश्य भाषा प्रस्तुत गरिएको छ।अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ। फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापामगर मियाको भूमिकामा छिन्। फिल्मले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

यसैगरि फिल्म नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।
कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्।

प्रतिकृया दिनुहोस्