News Portal

माओवादी धारका नेताहरुको बैठक सम्पन्न : केके गरे निर्णय

माओवादी धारका नेताहरुको बैठक सम्पन्न : केके गरे निर्णय

फेवाखबर संवाददातापोखरा , २ ६ फागुन ।
१४१ पटक
पोखरा , २ ६ फागुन ।

माओवादी धाराका दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ ।

बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको बैठकमा सहभागी नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाले जानकारी दिए ।

फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने दलहरूको तयारी छ । अन्तिम दिन प्रदर्शन गर्ने भनिए पनि मिति तय नभएको उनले बताए ।

बैठकमा  प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव  कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्