News Portal

एक वर्षमा बन्ने भयो पोखरा वडा ५ कार्यालयको सुविधासम्पन्न भवन

एक वर्षमा बन्ने भयो पोखरा वडा ५ कार्यालयको सुविधासम्पन्न भवन

फेवाखबर संवाददातापोखरा ,२४ फागुन ।
२४५ पटक
पोखरा ,२४ फागुन ।

पोखरा महानगरपालिका वडा नं. ५ को सुविधासम्पन्न भवन एक वर्षमा बन्ने भएको छ । २०८० साल माघ २५ गतेसम्ममा निर्माण सम्पन्न हुने गरि वडाको सुविधासम्पन्न भवनको आज (बुधबार) शिलन्यास गरिएको हो । ५ करोड ५८ लाख २१ हजार लागतमा बन्ने उक्त वडा कार्यालयको नयाँ भवन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आज मालेपाटनमा शिलन्यास गरेका छन् । भुमिगत तलासहित पाँच तलाको सुविधासम्पन्न वडा भवन बनाउनका लागि महानगरले स्वीकृत दिएको छ ।

भवनको शिलन्यास गर्दै पोखराका मेयर धनराज आचार्यले अहिलेको आवश्यकता अनुसार पोखरा महानगरका सबै वडामा सुविधासम्पन्न वडा कार्यालयका भवन निर्माणका लागि अभियान अगाडी बढाइएको बताए । अवको ३ वर्षमा पोखरा महानगर र महानगरभित्रका सबै वडाहरुको आधुनिक भवन निर्माण गरिसक्ने योजना रहेको उनले जानकारी दिए । साथै ठेकेदार कम्पनिले भवन निर्माणका क्रममा आवश्यक सामानको गुणस्तरमा कुनै पनि बाहानाबाजी नचल्ने उनको भनाई छ । आउँदो फागुन ७ गते उद्घाटन गर्न मिल्ने गरि समयमै सक्न समेत मेयर आचार्यले ठेकेदार कम्पनिलाई आग्रह गरेका छन् ।

त्यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरका वडामा स्मार्ट सेवा सुविधा दिने खालको कार्यालय निर्माणको अभियानमा रहेको बताइन् । उनले अभियान अन्तरगत हाल ९ वटा सुविधासम्पन्न वडा कार्यालय भवन बनिसकेको र अन्य बन्ने प्रक्रियामा रहेको जानकारी दिइन् ।

त्यसैगरि सोही वडाका वडाध्यक्ष विष्णुप्रसाद बरालले पोखरालाई स्मार्ट शहरको रुपमा विकास गर्नका लागि वडालाई स्मार्ट बनाउनुपर्ने बताए । सोही अन्तरगत वडावासीलाई वडा कार्यालयबाट स्मार्ट सेवा सुविधा दिनु आवश्यक रहेको जनाउँदै भवन निर्माणको प्रक्रिया अगाडी बढाएको उनको भनाई छ ।

सिलन्यास कार्याक्रममा पोखरा वडा ५ का पूर्व वडाध्यक्ष धनबहादुर नेपालीले आर्थिक वर्ष २०७६, ७७ मा वडाले गरेको निर्णयलाई अहिले कार्यान्वयनमा आएको हुँदा आफु भएको बताए । वडामा सेवा लिन आउने सेवाग्राहीको हितलाई मध्यनजर गर्दै र सेवाग्राहीले सेवा लिन आउँदा कुनै पनि समस्या भोग्न नपरोस भन्ने हेतुले सुविधासम्पन्न स्मार्ट वडा कार्यालय सबै वडाको आवश्यकता रहेको बताए ।

सिलन्यास कार्याक्रममा पोखरा महानगरपालिका अन्तरगतको भौतिक पूर्वाधार विकास महाशाखा प्रमुख सुरेन्द्र पाण्डेले भवन संरचनाका बारेमा जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्