News Portal

महिला दिवसमा पोखरा महागनरले ¥याली र गृहणी हाजिर जवाफ प्रतियोगिता गरेर मनाउने

फेवाखबर संवाददाता
२०६ पटक

पोखरा महानगरपालिकाले ११३ औँ अन्तराष्टिय महिला दिवसको अवसरमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार”भन्ने मुल नाराका साथ ¥याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गरेर मनाउने भएको छ ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा ¥याली तथा गृहिणी महिलाहरुको हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको हो  । पोखरा २७ तालचोकाबाट ¥याली सुरु गरेर लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी उत्कृष्ट ¥यालीलाई नगद १० हजारले पुरस्कृत गरिने छ भने सहभागीहरु समुहलाई प्रोत्साहन स्वरुप ३ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै ¥यालीपछि आयोजना गरिने गृहणी महिलाहरुको हाजिरी जवाफमा मंगलबार दिउसोसम्म ५५ समुहले नाम दर्ता गरेका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश १५ हजार, १० हजार, ७ हजार र सान्त्वना दुई समुले ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन । हाजिर जवाफ प्रतियोगितामा एक समुहमा तीन जना हुनुपर्ने छ भने ¥यालीमा एक समुहमा १५ जना भन्दा माथि आफनो ब्यानर र प्लेकार्ड सहित सहभागी हुन महानगरले आमा समुह, टोल विकास संस्था र सहकारीहरुलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्