News Portal

रविनको अध्यक्षतामा सिद्धार्थराजमार्ग टोल विकास समिति

रविनको अध्यक्षतामा सिद्धार्थराजमार्ग टोल विकास समिति

फेवाखबर संवाददाता
२७६ पटक

पोखरा महानगरपालिका वडा नम्बर १७, छोरेपाटनमा सिद्धार्थराजमार्ग टोल विकास समितिको तदर्थ समिति गठन गरिएको छ । शनिबार विहान दुर्गा मन्दिर परिषरमा भएको टोल भेलाले रविन गुरुङ्गको अध्यक्षतामा नौं सदस्यित तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राममाया वास्ताकोटी, सचिवमा बेदराज ढकाल तथा कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन भए । समितिको सदस्यहरुमा सरिता शर्मा, हिमलाल पौडेल, संजोग प्रधान, थमन परियार र विमल अधिकारी रहेका छन् ।

टोलका जेष्ठ नागरिक शोभाखर ढकालको प्रमुख आतिथ्यतामा भएको भेलाले उक्त समिति गठन गरेको हो । सो अवसरमा ढकालले टोल भित्रका विकृती विसंगती हटाउँदै स्वच्छ शान्त टोल निर्माणमा समिति लाग्नुपर्ने बताए । भेला पछि गठन भएको समिति टोल विकासमा लाग्ने अध्यक्ष गुरुङ्गले प्रतिवद्धता जाहेर गरे ।

प्रतिकृया दिनुहोस्