News Portal

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर निर्वाचित

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर निर्वाचित

फेवाखबर संवाददातापोखरा , १८ फागुन ।
१७६ पटक
पोखरा , १८ फागुन ।

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन्।काठमाडौं बुधबार सम्पन्न २३औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सीमित भए ।

संगठनतर्फको उपाध्यक्षमा विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा  प्रदीप कार्कीले ७४ मतमा सीमित भए ।

सचिव खुलामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष दाहाल आएका छन् ।

यसैगरी समावेशी सदस्यमा मोहम्मद जलिम र महिला सदस्यमा सुष्मा कार्की चयन हुँदा सदस्यमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाईँ, सिपी जैसी र सुरेन्द्र थापा आएका छन्। अध्यक्ष र महासचिवलगायत अधिकांश पदमा नेकपा एमालेनिकट प्रेस चौतारी आबद्ध पत्रकार विजयी भएको माधव तिवारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्