News Portal

लोक दहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर , वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा

लोक दहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर , वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा

फेवाखबर संवाददातापोखरा ,१४ फागुन ।
५८५ पटक
पोखरा ,१४ फागुन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन्।

धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा चुनेको हो। यस्तै वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा,प्रथम उपाध्यक्षमा रामजी खाँण पनि निर्विरोध  निर्वाचित भएका छन्। उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल निर्वाचित भएका छन्।

निर्विरोध निर्वाचित हुनेहरुमा महासचिव शिव हमाल, उपमहासचिवद्धय हरि डाँगी र शिरिष देवकोटा छन्। अमृता अधिकारी कोषाध्यक्षमा र जमुना राना महिला सचिवमा निर्विरोध भए।

उपाध्यक्ष खुल्ला, सचिव भूगोल गण्डकी प्रदेश, सचिव खुल्ला, सहकोषाध्यक्ष खुल्ला, महिला सदस्य, खुल्ला सदस्य, सदस्य भूगोल प्रदेश १, सदस्य भूगोल गण्डकी प्रदेश, सदस्य भूगोल लुम्बिनी प्रदेशका पदमा निर्वाचन हुँदैछ।

प्रतिकृया दिनुहोस्