News Portal

एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ, सबैको सहमति हुन्छ : ओली

एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउँछ, सबैको सहमति हुन्छ : ओली

फेवाखबर संवाददातापोखरा , ७ फागुन ।
१७४ पटक
पोखरा , ७ फागुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले उठाउने राष्ट्रपतिको उम्मेदवारमा सबैको सहमति हुनुपर्ने बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारमा सबैको सहमति हुनुपर्ने बताएका हुन्। उनले भने, ‘हामीले उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्छ।’

उनले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने दाबी गरे। उनले भने, ‘राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगर्नुस्। सबै कुरा पहिला नै फिक्स भइसकेको छ। राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्।’ फागुन १३ गते एमालेले नयाँ राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दल र राजसंस्थाबीच गरेको सहकार्यको प्रस्तावको कुनै अर्थ नभएको ओलीले बताए।

उनले भने, ‘ज्ञानेन्द्र शाह आफैं अलमलमा हुनुहुन्छ। त्यस्तो प्रस्तावको कुनै अर्थ छैन। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ।’

प्रतिकृया दिनुहोस्