मध्यनेपाल ७ करापुटार लमजुङ्गमा स्थित इशानेश्वर महादेव मन्दिरमा आजमहाशिवरात्री पर्वको अवशरमा भव्य मेला लागेको छ ।त्यस अवसरमा शिवमहापुराण महायज्ञमा श्रध्दालु भक्तजनहरुको उल्लेख उपस्थीति रहेको छ ।परापुर्व काल देखि शिवरात्रिको अवसरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ ।स्वस्थानी वर्त कथा अनुसार यस ठाउमा सत्तेदेविको दाहिने तिर्घा पत्न भएको,सन्तान नभएकाहरु करपुटार इशानेश्वर महादेव मन्दिरमा आएर दिप प्रञ्जवलनगर्नाले सन्तान प्राप्ती हुने धार्मिक मान्नता रहेको मन्दिरका अध्यक्ष रामचन्द्र घिमिरेबताए ।
लोक तथा सांस्कृतिक हिसाबले यस ठाउ प्रसिध्दि ठाढो भाका गायनको उद्धगम स्थल हो । रात्रिकालिन समयमा उभियर बत्ती बाल्ने(डाढा बत्ती ) र बसेर बत्ती बार्ने हनारौँ श्रध्दालु भक्तजनहरुको भिड लागेको छ ।
सँगै शिव भक्ती र महिमाका भजन चुढका रोइला गाउने प्रचलन छ । कोभिड १९ को समयमा पनि मन्दिर क्षेत्र विकास समितिले माक्स रसेनिटाइजर व्यवस्थापन गरेर श्रध्दालु भक्तजनहरुलाई सहज रुपमा व्यवस्थापन गरेको मन्दिरका सचिव शंकरराज घिमिरेले बताए ।
१२५० जना श्रध्दालु भक्त जनले डाढा बत्ती बार्नकालागि टिकट काटेको र बसेर बत्ती बार्ने भन्दै २५ हजार भक्तजनहरुले बत्ती बाल्ने हुनेमन्दिरका लेखा समिति सदस्य शशिराज घिमिरेले बताए ।