News Portal

पोखरा महानगरको आयोजनामा सेयरबजार सम्बन्धि अभिमुखीकरण तालिम हुने

पोखरा महानगरको आयोजनामा सेयरबजार सम्बन्धि अभिमुखीकरण तालिम हुने

फेवाखबर संवाददातापोखरा ,६ फागुन ।
१४९ पटक
पोखरा ,६ फागुन ।

पोखरा महानगरको आयोजनामा सेयरबजार सम्बन्धि अभिमुखीकरण तालिम हुने भएको छ ।

महानगरको व्यवसाय प्रबर्द्धन केन्द्रको आयोजना र हल्ट प्राइज जनप्रिय क्याम्पसको समन्वयमा तालिम आयोजना हुन लागेको हो । तालिम फागुन ७ गते आइतबार व्यवसाय प्रबर्द्धन केन्द्रको हलमा आयोजना हुने जनाइएको छ ।

पछिल्लो समय आम जनमानसमा सेयरबजारको आकर्षण बढ्दै गएको छ । विभिन्न कम्पनीहरुले जारी गर्ने प्राथमिक निष्कासन अर्थात आइपिओले पनि सर्वसाधारणलाई सेयरबजारमा ठूलो रुचि पैदा गरेको छ ।

दोस्रो कारोबारका लागि पनि पोखरामा पाँच भन्दा बढी ब्रोकर कम्पनीको शाखा विस्तार भइसकेको छ ।

प्रतिकृया दिनुहोस्