News Portal

मुल्य विद्धीका कारण व्यवसायीहरुलाई मर्का परेको छ : रवि सिंह

मुल्य विद्धीका कारण व्यवसायीहरुलाई मर्का परेको छ : रवि सिंह

फेवाखबर संवाददातापोखरा , २८ माघ ।
२१७ पटक
पोखरा , २८ माघ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पछिल्लो समयको अत्यधिक मुल्य विद्धीका कारण सपलार्य चेङमा देखिएको गिरावटले व्यवसायीहरु लाई समस्या परेको बताए । पछिल्लो समय आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानीको सामर्थ नरहेको सिंहले बताएका छन । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औ साधारण सभाको उद्घाटन गर्दै सिंहले निमार्ण व्यवासयीले निमार्ण सम्पन्न गरेका योजनाहरुको सरकारले भुक्तानी गर्न नसकेको बताए ।

उनले सरकारलाई जतिसुकै खबरदारी गरेपनि, जतिसुकै सचेत गराएपछि सरकारले भुक्तानी गर्न सक्ने अवस्थामा नरहेको बताए । उनले सरकारले लक्ष्य अनुसार राजश्व उठाउन नसकेको, साधारण खर्च गर्न पनि हम्मे हम्मे परेको र विदेशबाट आउन अनुदान पनि घटेको बताए ।

उनले निमार्णको काममा लामो सयम देखी अवरोधहरु आएको बताए । असारमा १२ औ सम्सोधन, निर्वाचन, पुषमा क्रसरमा सरकारले लगाएको बन्देज लगाएतले निर्माणमा अवरोध भएको बताए । सरकारले योजनाहरु ल्याएपनि त्यसलाई बजेट सुनिस्चित नगर्दा व्यवासयीहरु मारमा पर्ने गरेको बताए । उनले सरकारले विभिन्न आयोजनाहरुको भुक्तानी समयमै नगरेर व्यवसायीलाई दःख दिएको गुनासो गरे ।

निर्माण व्यवसायीलाई सम्झौता अनुसार समयमै गर्नुपर्ने भुक्तानीमा ढिलाई हुँदा व्यवसायी मारमा परेको दुखेसो पोखे । रसिया युक्रेन युद्ध र महंगीका कारण नेपालको निर्माण व्यवसाय प्रत्यक्ष प्रभावित भएको भनाई उनको थियो ।
नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष खिमप्रकाश मल्लले पुस्तानतरण हुनु पर्नेमा जोड दिएका छन् । सङ्घकै कतिपय ईन्जीनियर साथीहरुले अस्वस्था प्रतिस्पदा गर्ने गर्दा सममान्य व्यवसायीहरुलाई समस्या आएको मल्लले बताए ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङले निर्माण व्यवसायीका समस्या समाधान गर्न व्यावसायिक एकताको आवश्यकता रहेको बताए ।गुरुङ्गले पत्रकारहरुले व्यवसायीका समस्याका बारेमा पनि कलम चलाइदिन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका सदस्य अशोककुमार केसी , नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमलम भण्डारी वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगी , नेपाली काँग्रेस कास्कीका सहसचिव तथा पूर्व पत्रकार नबिन सिग्देल , लगाएतले व्यवसायीका समस्याका बारेमा छलफल आवश्यक रहेको र आफ्नो क्षेत्रबाट सक्दो सहयोग सदैव गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका सचिव इञ्जिनियर शिरशकुमार बास्तोलाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि विभिन्न १५ बुँदे कार्यक्रम पेश गरे । सचिव बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए । कोषाध्यक्ष उत्तम सिग्देलले २०७८(२०७९ को आय व्यय तथा आर्थिक वर्ष २०७९(८० को अनुमानित बजेट प्रस्तुत गरेका थिए।
कार्यक्रममा व्यवसायीका छोराछोरीबाट एस ईई परिक्षमा उत्कुष्ट अङ्क ल्याउनेलाई पुरस्कुत गरिएको थियो । त्यस्तै संरक्षक तथा अग्रज व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्