News Portal

सकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकः के–के विषयमा भयो छलफल ?

सकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकः के–के विषयमा भयो छलफल ?

फेवाखबर संवाददातापोखरा , २७ माघ ।
१७७ पटक
पोखरा , २७ माघ ।

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा पछिल्लो राजनीतक घटनाक्रम, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार, सुदूरपश्चि सरकार ढलेको, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुनः सरकारमा सहभागी गराउनेलगायतका विषयमा छलफल भएको छ।

बैठकमा सहभागी उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रले लिङदेनले बैठक नियमित भएको र अहिलेसम्मको कामहरूको समीक्षा भएको जानकारी दिए।

उनले अझै व्यवस्थित ढंगले कसरी काम गर्न सकिन्छ भनेर बैठकमा कुरा भएको बताए।गठबन्धनमा सात दल आबद्ध छन्। बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका लिङ्देन सहभागी थिए।

बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी भएनन्।

यादव जनकपुर भएकोले बैठकमा नगएको बुझिएको छ। जनमत पार्टी अध्यक्ष राउत बैठक छोडेर विवेकशील साझाको महाधिवेशनमा पुगेका थिए भने श्रेष्ठले बैठकबारे आफूलाई जानकारी नभएको र आफू डिल्लीबजार कारागारमा रहेको प्रतिक्रिया दिएकी छन्।

बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो। संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो।

प्रतिकृया दिनुहोस्