फेवाखबर संवाददातापोखरा , २६ माघ ।
पोखरा , २६ माघ । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन्।
मेस्सीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्।
यी दुई देशमा सोमबारको भूकम्पमा परेर हालसम्म १५ हजार बढीको मृत्यु भइसकेको छ।