News Portal

स्वदेशी उत्पादनमा जोड दिनु पर्ने : मुख्यमन्त्री अधिकारी

स्वदेशी उत्पादनमा जोड दिनु पर्ने : मुख्यमन्त्री अधिकारी

फेवाखबर संवाददातापोखरा ,२४ माघ ।
२८५ पटक
पोखरा ,२४ माघ ।

चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु भएको छ ।

महोत्सवको उद्दघाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातल जोगाउन पोखरा २३ का वडा बासीको महत्वपुर्ण भुमीका रहेको बताए । उनले फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने बताए । पोखरा २३ का जनताले उत्पादन गरेको खाध्यको बजार बनाउनुपर्ने बताए । अरुको देशमा उत्पादन भएको अन्न भर नपरी नेपालमा नै कृषि उत्पादन बढाउन पर्ने बताए ।

प्रदेश सभा गण्डकीका निर्वतमान संसद राजिव पहारीले पोखरा २३ को विकाससको लागि आफुले पहल गरेको बताए । पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलको कारणले वडा बासीले दुख पाएको जानकारी दिए । आफ्नो पहलमा नै पक्की पुलको लागि बजेट परेको सुनाउदै अहिले पोखरा २३ को मुहार फेरीएको सुनाए । यस्ता मेला महोत्सवले विकासमा सहगयोग गर्ने पहारीको भनाइ छ ।

पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग हुने धारणा राखे । समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटा, चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुली लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।

मेला २८ गतेसम्म संचालन हुने छ । मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
२८ गते सम्म हुने महोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको छ ।

नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।

भजन प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
रत्यौलि प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तितृय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तितृय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।
झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।

प्रतिकृया दिनुहोस्