News Portal

एस.आई. यूके कन्सल्टेन्सी पोखराले आयोजना गरेको ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ सम्पन्न

फेवाखबर संवाददातापोखरा ,२३ माघ ।
५०४ पटक
पोखरा ,२३ माघ ।

 

एस.आई. यूके कन्सल्टेन्सी पोखराले आयोजना गरेको ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ सम्पन्न भएको छ । माघ २२ (फेब्रुअरी ५) गते पोखरामा विद्यार्थीहरु लक्षित एजुकेशन फेयरको आयोजना गरेको कन्सल्टेन्सी पोखराका प्रमुख सागरबाबु गिरीले बताए ।

युकेमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको फेयरमा करिब ३०० विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको एस.आई. यूके कन्सल्टेन्सी पोखराकी प्रशासकीय अधिकृत प्रजिता खत्रीले बताईन।

फेयरमा विद्यार्थी तथा अभिभावकले युकेमा रहेका प्रतिष्ठित १९ भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिहरुसँग सिधै भेट्न तथा आफ्ना जिज्ञासा राख्न पाउने मौका पाएका थिए ।

फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्मार्ट फोन, फिल्म टिकट र उत्कृष्ट पाँच जना विद्यार्थीलाई हवाई टिकटलगायत विभिन्न उपहार प्रदान गरिएको एस आई युके कन्सल्टेन्सीका प्रमुख गिरीले जानकारी दिए ।

पहिलो पटक युकेलाई नै केन्द्र बनाएर आयोजना भएको फेयर पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायरमा माघ २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म भएको थियो।

फेयर सहभागी भएका विद्यार्थीहरुलाई विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी लिन एस.आई.युके कन्सल्टेन्सीले आग्रह समते गरेको छ ।

प्रतिकृया दिनुहोस्