News Portal

पर्यटन प्रवद्रधन गर्न चौँथो काहुँ धरहरा महोत्सव फागुन ४ देखि हुने

फेवाखबर संवाददातापोखरा ,२१ माघ ।
८३२ पटक
पोखरा ,२१ माघ ।

पर्यटन प्रवद्र्धन गर्न यही फागुन ४ गते देखि फागुन १४ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ । पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटररको दुरीमा रहेको पर्यटकीय क्षेत्र काहुँडाँडामा पर्यटकलाई आकर्षित गर्दै काहुँ धरहरा महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पर्यटकिय क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणको खुड्किलो स्वरुप महोत्सव आयोजना गरिएको महोत्सव आयोजक संयोजक एवं जनकल्याण क्लवका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । पर्यटन क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै एक दृश्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्ने सकिने गुरुङले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापक प्रचार प्रसार गरि काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धिले जनस्थरको आर्थिक विकासमा सहयोग पुग्ने उनको धारणा छ ।

महोत्सव अवधिभर पचास हजार दर्शकले महोत्सवको अवलोकन साथै यहाँको राष्ट्रिय फूल लालिगुँरास लगाएत हिमशृङखलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ ।
आयोजकका अनुसार महोत्सवबाट पर्यटकीय गतिविधि बढाउन पूर्वाधार निर्माण तथा पर्यटकीय गतिविधि अगाडी बढाउन महोत्सव सहयोगी बन्ने छ ।

प्रतिकृया दिनुहोस्