News Portal

बैंकको चर्को व्याजदर विरुद्ध पोखरामा रिले अनसन : आज दोस्रो दिन

फेवाखबर संवाददातापोखरा , २० माघ ।
१८७ पटक
पोखरा , २० माघ ।

बैंकको चर्को ब्याजविरुद्ध पोखरामा तीनदिने अनसन सुरु गरिएको छ । सरकारको विभेदपूर्ण आर्थिक नीतिविरुद्ध पहिलो चरणको रिले अनसन थालिएको व्यवसायीले बताएका छन् ।

‘सम्पूर्ण उद्योगी व्यवसायी एवं पीडित एक हौं’ भन्ने नाराका साथ व्यवसायीले अनसन शुरु गरेका हुन् ।

बैंकले प्रदान गर्ने कर्जाको ब्याजदर एक अंकमा झारिनुपर्ने, कम्तीमा २ वर्षलाई स्वेच्छिक किस्ता छनोट गर्न दिनुपर्ने, संक्रमणकालीन योजना ल्याउनुपर्ने लगाएतका माग व्यवसायीका रहेका छन् ।

पोखराको चिप्लेढुंगाको मानवअधिकार चोकमा व्यवसायीले अनसन थालेका छन् ।
अनसनमा पोखराका विभिन्न क्षेत्रमा लगानी गरेका व्यवसायीहरुको उल्लेख्य उपस्थीती रहेको छ । अनसनमा हाम्रो नेपाली पाटी गण्डकीका संयोजक खेम तिमिल्सीनाले आफु र आफ्नो पाटीले व्यवसायीको हकहितमा काम गर्ने र सदैव आवान उठाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्